File Photo

सिरहा : सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ।

मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको आज उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको छ।

गत फागुनमा काठमाडौँबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस भएका थिए। उनलाई थप उपचारका लागि विराटनगर पुर्‍याईको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए। उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

२०७८ चैत्र १८, शुक्रबार १९:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय