अनिल कुमार साह

तिनकौरिया (धनुषा) चैत ।
धनुषामा स्कोरपियोको ठक्करबाट एक जनाको मृत्यू भएको छ । धनुषा जिल्लाको विदेह नगरपालिका ६ तिनकैेरिया स्थित स्कारपियोको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ भने दुई जना घाईते भएको हो ।

शनिबार बेलुकी साढे ७ बजेको समयमा जनकपुरबाट कमला तर्फ जाँदै गरेको बि.आर. ० पिबी– ३९०२ नम्बरको भारतीय नम्बर प्लेटको स्कोरपियोले मानसिक सन्तुलन गुमाएको एक व्यक्तिलाई ठक्कर ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट ज्यान जानेमा एकराही बस्ने अन्दाजी बर्ष ३५ को बौका भन्ने हरीचन मण्डललको घटनास्थलमै मृत्यू भएको छ । अन्य दुई जना घाईते भएको हो ।

उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको जनाइएको छ । सोही क्रममा स्थानीय कुलदिप महरा र अन्य एक जना नाम नखुलेको गरी दुई जना घाईते भएको हो ।

स्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।

२०७८ चैत्र २०, आईतवार ०९:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय