
जनकपुरधाम : मधेस प्रदेशका पालिकाहरूमा पनि चुनावी तालमेल गर्न सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने तयारी सुरु गरेका छन् ।
निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने सन्दर्भमा सत्ता गठबन्धन सबै प्रदेश अध्यक्षको संयुक्त बैठक आइतबार जनकपुरधाममा बसेको छ ।
बैठकले प्रदेशका सबै स्थानीय तहको समीक्षा गर्ने निणर्य गरेको जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए ।
प्रदेशको ८ एउता जिल्लाको गठबन्धन दलको बैठक बसेर प्रत्येक पालिकाको अवस्थाको बारेमा समीक्षा गरेर प्रतिवेदन पेश गर्न सबै जिल्लामा पत्राचार गरिएको छ’ उनले भने ।
जिल्ला स्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर मंगलबार २२ गतेसम्म प्रतिवेदन बुझाउन भनिएको अध्यक्ष यादवले बताए । यो प्रतिवेदन आइसकेपछि थप छलफललाई अगाडि बढाउने उनले बताए ।