
नेपालवाणी / जनकपुरधाम
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरि मेयरका उमेदवार नेकपा एमाले प्रवेश गरेका छन् । जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्ष समेत रहेका जानकिराम साह आज लोसपा परित्याग गरि विधिवत नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टी प्रवेश गरेका छन ।
पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन । मेयरका प्रत्यासि रहेका साहले ओलिसङको भेटमा जानकी मन्दिर अन्कित फोटो प्रदान गरेका छन् । जनकपुरमा मधेशवादी दलहरुप्रती असन्तुष्टि जनाउदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन । मधेश आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका सरोज मिश्र, सुशील कर्ण, जानी खान मधेशी, शिव शंकर साह हिरासहितका दर्जनौ युवाहरु मधेशवादी शक्ति छोडेर एमालेमा प्रवेशको लहर चलेको छ ।