काठमाडौं : सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

आज बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’

२०७९ बैशाख ७, बुधबार १९:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय