नेपालवाणी / जनकपुरधाम ।

नेपाली कांग्रेसका जनकपुरधाम नगरसभापति मनोज साहले राजीनामा दिएका छन् । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गरेपछि जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापति सहित सयौँ कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका हुन् ।

नगरसभापति साह सँगै सचिवल लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन् । त्यस्तै मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशिल सदस्य, भातृसंगठनहरुबाट गरि अढाई सय भन्दा बढीले राजीनामा लेखिसकेको बताए ।

कांग्रेसले गठबन्धनमा जनकपुरधामलाई अरुलाई दिएर आफ्नै घरमा आफैले आगो लगाएको भन्दै उनले अब आफु स्वतन्त्र उम्मेदवार दिने बताए । उनले भने, ‘नेपाली कांग्रेसको २५ वटै वडाका सदस्यहरुको भावना अनुरुप मैले राजीनामा दिन लागेको छु । तिनीहरुले छाप जुन भएपछि अनुहार कांग्रेसी नै हुनुपर्ने भन्दै भ्रष्टाचारीलाई मत दिन नसकिने बताएपछि मैले राजीनामा दिने निर्णयमा पुगेको छ ।’

साहले उम्मेदवारी दर्ताको समयसम्म पनि कांग्रेस सचिए आफुु फर्कने बताए । गृहमन्त्रीले माथि बाट नै कारवाही गर्ने धम्की दिइरहेकाले आफैले राजीनामा दिएर स्वतन्त्र भएको उनले भने ।

यो पनि पढ्नुहोस् !

सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (पूर्णपाठसहित)

२०७९ बैशाख ९, शुक्रबार १६:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय