
नेपालवाणी / जनकपुरधाम ।
जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख (मेयर) र नगर उपप्रमुख (उपमेयरले राजिनामा दिएका छन् । उप–महानगरका मेयर लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले आ–आफु्नो पदबाट एक अर्कालाई राजीनामा बुझाएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगर प्रमुख साह र उप–प्रमुख मिश्रले आ–आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनीहरुले शुक्रवार दिउँसो राजीनामा बुझाएका हुन् । नगर प्रमुख सहित केही वडाध्यक्षहरुले पनि राजीनामा दिएका छन् ।
मिश्रले भनिन्, ‘म लगायत नगर प्रमुख र वडाध्यक्षहरु उप–महानगरको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं ।’ उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरुले राजीनामा पत्र बुझाएको मिश्रले जानकारी दिइन ।
नगर प्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः मेयर पदका लागि उम्मेदवारी दिंदैछन् भने उप–प्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उप–प्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ । यस अघि दुवैजना तत्कालिन राष्ट्रिय जनता समाजवादी पार्टीबाट चुनाव जितेका थिए ।