जनकपुरधाम : मधेश प्रदेशमा रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका छन्। नगरपालिकाको मेयर उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएका हुन्।

पछिल्लो समय उनी जनता समाजवादी पार्टी जसपामा रहेका थिए। यस अघि उनी स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित भएका थिए।

उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताएका छन्।


२०७९ बैशाख १०, शनिबार ०६:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय