
नेपालवाणी / जनकपुरधाम
जनकपुरधाम उप–महानगरपालिका २ का निवर्तमान वडा अध्यक्ष शिव कुमार साह नेपाली काँग्रेस प्रवेश गरेका छन् । स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका शिव कुमार साहले आसन्न स्थानीय तहको निर्वाचनमा पुनः वडा अध्यक्षमा दोहो¥याउन नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति योगी पजियार, जनकपुरधाम उप–महानगर उप–सभापति राकेश विक्रम साहले शिव कुमारलाई गम्छा, माला तथा अबिर लगाई पार्टी प्रवेश गरेका थिए । पत्रकारहरुको एक प्रश्नमा उम्मेदवार साहले भने, ‘आवेश र उतेजनामा केही दिन पहिला एमाले प्रवेश गरेपनि नेतृत्वपंक्तिको आग्रहलाई स्विकार गर्दै पुनः पुरानै घरमा फर्कि आएको छु । म पहिले पनि काँग्रेस नै थिए, अहिले पनि काँग्रेस नै छु ।’
साहले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवार भई विजयी भएका थिए । उनले भने, ‘कांग्रेसलाई सवल र एकजुट भई अगाडि बढाउने उद्देश्यका साथ म पुनः आफ्नो पूरानो घरमा फर्किएको छु । अब यसलाई नै अगाडि बढाउने छु ।’