
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकाकाे मेयरमा कांग्रेसबाट चिरञ्जीवी हमाललाई टिकट दिएकाे छ ।
कांग्रेसका अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उनीहरू दुवै जना सोमबार विहान एकै समय मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।
बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । हमालको आधिकारिकता भएको पुष्टि भएपछि पार्टीले हमाललाई टिकट दिएकाे छ ।
एता क्षेत्रीले टिकट नपाएपाछि असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छ।