वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट जलेखा खातुनले उम्मेदवारी दिएकी छिन् । खातुन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती हुन् । मुख्यमन्त्री राउतले आफ्नै श्रीमतीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका हुन् ।

मुख्यमन्त्री राउतले गाउँपालिका उपाध्यक्षमा आफ्नै श्रीमतीलाई उम्मेदवार बनाउने खबर सुनेपछि गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष बिस्मिल्लाह खातुनले जसपा पार्टी परित्याग गरेकी थिइन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ हजार १ सय ४१ मत प्राप्त गरेर बिस्मिल्लाह खातुन गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनका श्रीमान महम्मद सरीफ गद्दीले जसपाबाट उपाध्यक्षमा उम्मेदवार हुने तयारी गरीरहेकै बेला मुख्यमन्त्री राउतले आफ्नै श्रीमतीलाई उम्मेदवार बनाउने तयारी गरेपछि गद्दी दम्पतीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

गद्दीले माओवादीबाट केन्द्रबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । मुख्यमन्त्री राउतले उपाध्यक्षमा आफ्नो श्रीमतीलाई अघि सारेपछि पार्टी परित्याग गरेको गद्दीले बताए ।

मुख्यमन्त्री राउतले भने आफुले उम्मेदवार बनाएको कुरालाई अस्विकार गरेका छन् । जसपा पालिका कमिटीले र गाउँबासीले नै जलेखालाई उपाध्यक्षको उम्मेदवार बनाएको राउतको स्पष्टोक्ति छ ।

२०७९ बैशाख १३, मंगलवार १९:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय