अनिल साह,
धनुषा : विदेह नगरपालिकाको मेयरमा मावोबादी केन्द्रबाट दुखि मण्डलले आफ्नो मनोनयन दर्ता गराएका हुन ।
त्यस्तै मावोबादी केन्द्रबाट उपमेयरमा अम्बिका साहले आफ्नो मनोनयन दर्ता गराएका हुन ।
सोमबार दिउँसो विदेह नगरपालिका तिनकोरिया स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर दुवै जनाले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवार मण्डल सामाजिक कार्यमा लागेर समाजमा आफ्नो परिचय स्थापित गरिसकेको होनहार नेता हुन् ।