
बर्दिबास : लामो समय देखि राजनीतिमा सक्रिय रहेकी नेत्री तारा देवी महतोले स्वतन्त्रबाट महोत्तरीको बर्दिबास नगरपालिकाको उपमेयर पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।
सोमबार दिउँसो बर्दिबास नगरपालिका स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर नेत्री महतोले उपमेयर पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।
कांग्रेसका महोत्तरीको क्षेत्र न. १ को निर्वाचनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिसमेत रहेका महतोलाई टिकट नदिएपछि स्वतन्त्रबाट बर्दिबास नगरपालिकाको उपमेयर पदका लागि उम्मेदवारी दिएको बुझिएको छ ।
नेत्री महतो सामाजिक कार्यमा लागेर बर्दिबास नगरपालिका भित्र आफ्नो परिचय स्थापित गरिसकेका हुन् ।