बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ९ को अध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)बाट राम बिनोद महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार दिउँसो बर्दिबास स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कृषि क्षेत्रमा सकृय रही सेवा गर्दै आएका वडा अध्यक्ष पदका उम्मेदवार महतो बर्दिबासका एक होनहार युवा नेता हुन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट महोत्तरी बर्दिवास नगरपालिका  वडा नं. ९ पशुपतिनगरबाट अध्यक्ष महतो संगै सदस्यीयहरु लक्ष्मी कुमारी आले, ज्ञानेन्द्र कुमार कुशवाहा, रानीदेवी महरा, र  दिपेश कुमार यादवले मनोनयन दर्ता गराएका हुन् ।

२०७९ बैशाख १४, बुधबार २०:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय