
नेपालवाणी / जनकपुरधाम
‘तपाईलाई सहज सेवा सुविधा र घरमा बृद्ध–बद्धा आमा बुवालाई हात–हातमा हामी ल्याएर दिन्छौं बृद्धा भत्ता ! तपाईले बैंकमा गएर घण्टौं लाईन लाग्नुपर्दैन, वडामा शिक्षा स्वास्थ्य, शिक्षाको आधारभुत आवश्यकतालाई पुरा गर्छौ’ यो संवाद जनकपुरधाम उप–महानगरपालिका १४ रजौल स्थित मतदाता भेला भएको स्थानमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार राम कुमार चौधरीले मतदातालाई सुनाउँदै थिए । उनले आफु वडामा स्वतन्त्र तर्फबाट उम्मेदवार रहेको र वडावासीलाई सेवा गर्ने अवसर प्राप्त गर्न खोजेको बताए ।
आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका १४ बाट स्वतन्त्र उम्मेदवार बनेका रामकुमार चौधरीले विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नभई मानिसको सर्वाङ्गिण विकास भएको बताउ । उनले भने, ‘विकास सडक ढलान र नाला निर्माण मात्र होईन, बिकासको लागि मानिसलाई चाहिने आवश्यक भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी , सञ्चार, विद्युत सबै आवश्यक पर्छ । अनि मात्र मानिसको विकास हुन्छ, अन्यथा एउटा विकासले मानिसको सर्वाङ्गिण विकास हुदैन् त्यसैले गाउँ, टोल, छर, छिमेकको सुविधानको लागि मलाई जिताउनुहोस् म तपाईको आशा, भरोषा र विश्वासलाई सदैव कायम राख्छु ।’
‘सबैलाई हे¥यौ पटक–पटक स्वतन्त्रलाई हेरौं यस पटक’ मुख्य नारा सहित सामुदायिक विद्यालयलार्ई नेपाली र ईङ्गिलिश मेडियम र मातृभाषाको अध्ययन अध्यापन गराउने प्रतिबद्धता जनाउँछौं । उम्मेदवार चौधरीले, ‘बालबालिकालाई स्कुलमा बढ्ने वातावरण छैन, हामीले बालबच्चालाई कसरी पढाउने, दुई छाक गरी खाने व्यक्तिको बालबच्चलाई पढाउन सक्ने अवस्था छैन, यी यावत समस्यालाई ध्इानमा राखी मैले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको छु । मलाई थाहा छ तपाईहरु मलाई जिताएर सेवाको अवसर प्रदान गर्नुहुन्छ ।’