नेपालवाणी / जनकपुरधाम

जनकपुरधाम उप–महानगरपालिकाको स्वतन्त्र उम्मेदवार जानकीराम साहले निर्वाचित पछि आफुले गर्ने कामको ११ बुँन्दे प्रतिबद्धतापत्र सार्वजनिक गरको छ । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम ७ वडाअध्यक्षमा निर्वाचत जानकीराम साह समाजवादी फुटपछि लोकतान्त्रिक समाजवादी पार्टी हुँदै एमाले पुगेका उनले स्वतन्त्रबाट उम्मेदवारी दिदै जनकपुरधाम प्रति गर्ने सेवाको भावनालाई प्रतिबद्धतापत्र मार्फत सार्वजनिक गरेहो हो ।

स्वतन्त्र उम्मेदवार साहले प्रतिबद्धतापत्रमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको खस्किदो अवस्थालाई सुधार गर्दै सरस्वती, जानकी, संकटमोचन, ज्ञानकूप, असर्फि साह जस्ता धरोहरका सामुदायिक विद्यालयहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गरी देशकै नमूना विद्यालयको रुपमा अघि बढाउने बताएको छ । उनले प्रत्येक शैक्षिक संस्थानको प्राङ्गणमा अनिवार्य पुस्तकालयको अवधारणा ल्याईने जनाएको छ ।

गरिब दलितको लागि स्नात्तक उर्तिणपछि अनिवार्य रोजगारीको सुनिश्चितता गरिने जनाएको छ । नगरको सम्पुर्ण नागरिकलाई स्वास्थ्य विमामा प्रोत्साहनका साथै नगरपालिकामा कर तिर्न आउने नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गरिने योजना अघि सारेको छ । साथै दिर्घरोगी बिरामीहरुको लागि नगरको बिभिन्न पाँच स्थानमा निःशुल्क खुल्ला बाम बनाईने घोषणा गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘दिर्घ रोगीलाई निःशुल्क औषधि वितरणका साथै दिर्घरोगीको तथ्याङक राख्नका लागि विशेष व्यवस्था गरिनेछ ।’

पर्यटकीय क्षेत्रमा सुरक्षितका लागि नेपाल प्रहरीसंग सुरक्षा योजना सहित सिसिटिभि निगरानीबाट सुरक्षाको आवश्यक प्रबन्ध मिलाईनेछ । ‘निर्वाचित भएको ६ महिनाभित्र डम्पिङ्ग साईटको व्यवस्था गरी नियमित र सुव्यवस्थित फोहरको विसर्जन गरिनेछ । नगरको सबै वडामा सफाई अभियान र मन्दिर, मस्जिद लगायत पोखरी, पार्टी पौवा तथा प्राकृतिक सम्पदाको संरक्षणमा हराभरा वातावरण निर्माणमा बोटबिरुवा रोप्ने कार्य गरिनेछ ।’ घोषणापत्रमा मिथिला पेन्टिङ्ग, ढाकी, छिटो, माछा, पान, मखान जस्ता मिथिला परिकारलाई व्यवसायको रुपमा विकसित गरिनेछ ।

राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडीलाई भरणपोषण भत्ता तथा अन्तराष्ट्रिय स्तरका खेलाडीलाई मासिक तलवको व्यवस्था गरिने घोषणा गरेको छ । साहले जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा सुचिकृतका लागि थप पहल गरिने तथा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको क्षेत्रको ईतिहास अभिलेख राखिने बताएको छ । ‘जनकपुरको बिभिन्न स्थानमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने र भारतको बनारस, थाईल्याण्ड, श्रीलंका, अयोध्यासंग भगिनी सम्बन्ध विस्तार गरिनेछ ।’ साहले भने, ‘प्रत्येक वर्ष पर्यटन उत्सव र अन्तराष्ट्रिय जानकी सम्मेलन आयोजना गर्नेछौं ।’

गरिब विपन्नलाई बसोबास गर्दै आएको स्थानमा लालपुर्जा वितरण गर्ने तथा जन्मदर्ता, विवाह, बसाईसराईको विवरण डिजिटलाईजेसनबाट निःशुल्क गर्ने व्यवस्था मिलाउने साहले प्रतिबद्धता जनाए । त्यसका साथै ज्ेष्ठ नागरिकको सेवाका लागि घरदैलो सेवा अभियान चलाउने र कर डिजिटल प्रक्रियाबाट तिर्नसक्ने प्रावधान मिलाउने जानकारी दिए । साथै ७२ कुण्डको सहरलाई पोखरी संरक्षण र अतिmक्रमणलाई हटाई एक नागरिक एक वृक्षारोपण अभियान चलाईने जनाएको छ ।


२०७९ बैशाख २२, बिहीबार १७:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय