जनकपुरधाम : अनेक स्मृति र संंस्मरणहरुमा गर्विलो ईतिहास बोकेका ठाउँ यदुकुहाकामा नेकपा माओवादी केन्द्रको शहिदनगर नगरपालिका मेयरका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापन देखि सिंचाई विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना ल्याएको छ । वि.स. २०२८ सालको शैक्षिक आन्दोलनको रगतबाट यदुकुहाको महत्व हालको दिनमा आकाशिएको भुमीमा गरिब, विपन्न, दलित तथा निमुखा वर्गका लागि विशेष योजना ल्याएको निवर्तमान मेयर उदय कुमार बरबरिया (यादवले) दाबी गरे ।

प्रतिबद्धतापत्रमा नेपाल रेडक्रस सोसाईटी धनुषासंगको सहकार्यमा रगत आवश्यक भएको विरामीलाई रगत व्यवस्थापनका साथै जाँच शुल्कमा लाग्ने रकम समेत नगरपालिकाले व्यहोर्ने भनिएको छ । त्यस्तै गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिन र निः शुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउँने उल्लेख गरेको छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र र नगर एम्बुलेन्ससंगको सहकार्यमा जोड दिईने बताए। पत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको पाठ्यसामग्री समावेश गरी पालिका स्तरीय पाठ्यक्रम निर्माण गरिनेछ । साथै नमूना विद्यालय घोषणा गरी अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराईनेछ ।’

माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा नगरभित्रको विद्यालयमा प्रबिधिमैत्री शिक्षा बिकासमा प्रयास हुने बरबररियाको दाबी छ । दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्मको विद्यालय शिक्षा सुनिश्चित गरिनुको साथै प्रत्येक विद्यालयहरुमा सिसिटिभी जडान गरि कडाईका साथ शिक्षण सिकाई बढाईने छ ।, मेयर उदय बरबरियाले, ‘शहिद परिवारलाई छात्रवृति र सार्वजनिक ई-पुस्तकालय निर्माणका साथै उच्च गतिको ईन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ । प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र तथा जेष्ठ नागरिकलाई तीन महिनामा निशुल्क स्वास्थ्य जाँच र दिर्घरोगीका लागि विशेष उपचार सेवा सञ्चालन गरिने छ ।’ उनले ‘शहिद सूर्यनाथ रान’ स्मृति अस्पताललाई अबको एक वर्षभित्र सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।

कृषकहरुलाई सिचाइका लागि मोटर, दमकल, घाँस काट्ने मेसिन जस्ता कृषि सामग्री वितरण र बाँझो खेत मुक्त नगरपालिका बनाउने बताए । ‘एक खेत एक बालीको अवधारणालाई ल्याएर एक घर एक तरकारी खेतीको योजना अघि बढाउने जनाए । ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ युवाहरुको लागि बहु उद्देश्यीय कभर्ड हल, खेलकुद मैदानका साथै ईन्टर्नशिप र लोकसेवा कक्षा रसञ्चार जगतका युवा पत्रकारहरुका लागि फेलोसिप प्रदान गर्न नेपाल पत्रकार महासंघ धनुषासंग सहकार्य गर्ने बताए ।

नगरपालिका जोड्ने लिंक रोडका साथै बारुण यन्त्र खरिद तथा सर्पदंस उपचार केन्द्र स्थापना गर्ने बताए । उनले भने, ‘नगरपालिकाको एक वर्षभित्रमा आफ्नै भवनमा सेवा सुचारु हुन्छ । प्रतिबद्धतापत्रमा भनिएको छ, ‘पोखरी, सार्वजनिक पार्टीपौवा र प्रकृतिक सम्पदाको संरक्षण गर्दै वृक्षारोपणलाई प्राथमिकताका साथ अगाडी बढाईनेछ । सार्वजनिक स्थल, पार्क, सडक किनारका जग्गाहरुको व्यापक प्रयोग गरिनेछ । सामुदायिक विद्यालयहरुमा हरित विद्यालय कार्यक्रम सञ्चालन गरिनेछ ।’

प्रतिबद्धतापत्र सार्वजनिक समारोहमा नेकपा माओवादी केन्द्रका प्रदेश सचिव श्रवण बरबरिया यादव (जीवन)ले नेपाली जनताको संघर्ष र शहिदहरुको गर्विलो इतिहासको साक्षीको मध्येको एउटा महान भूमि यदुकुहा जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताए । उनले समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकाहरु समेत माओवादीको विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा समेत विश्वास पलाएर गएको बताए ।

उनले भने, ‘यदुकुहा नेपाली कम्युनिष्ट आन्दोलनमा पनि कहिल्यै नमेटिने नाम हो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनको क्रममा ०४६ साल फाल्गुन ९ गतेको दिन यदुकुहामा आन्दोलनकारीहरु माथी प्रहरीको निर्मम गोली प्रहारबाट जानकी देवी, मुनेसरीदेवी, सोनावती देवी, उदयशंकर मण्डल र रामनारायण मण्डलको शहादतले किर्तिमान नै खडा गरेको थियो ।’

(नेकपा माओवादी केन्द्र मधेश प्रदेश सचिव श्रवण बरबरिया यादव (जीवन) र मेयरका उम्मेदवार उदय कुमार बरबरिया सहित उपमेयर र वडाअध्यक्षहरु प्रतिबद्धतापत्र सार्वजनिक गर्दै : नेपालवाणी)

२०७९ बैशाख २३, शुक्रबार २०:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय