अनिल कुमार साह,

यदुकूहा (धनुषा): विदेह नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार सञ्जिव मण्डलले जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको प्रतिफलमा साझेदार बनाउने लक्ष्यका साथ स्थानीय तहको निर्वाचनमा परिचालित भएको बताएका छन् । उनले स्थानीय तहको अधिकतम् परिचालन र गाउँ-गाउँमा सिंहदरबारको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताएका हुन् ।

मण्डलले जनताको घर-आँगनको सरकार स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ ‘सामाजवादोन्मुख समृद्धिका लागि नेकपा माओवादी केन्द्रमा मतदान गर्न आग्रह गरे । उनले भने, ‘आन्दोलनहरुको उपलब्धिलाई रक्षा र सामाजिक न्याय सहित आर्थिक-सामाजिक रुपान्तरण नै समाजवादोन्मुख समृद्धिको सार भएको विषयलाई महत्व दिएका छौं ।’

सामाजिक न्याय सहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण जोड दिने मण्डलको भनाई छ । उनले भने, ‘समाजवादोन्मुख समृद्धि, समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकाहरुलाई विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा दिलाउन र घर-घरमा सरकारकोे प्रत्याभुत गराउनु छ ।’

‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानता लगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई प्रमुख रुपमा उठाएका छौं । उम्मेदवार मण्डलले भने, ‘प्रतिगमनकारी शक्तिलाई पराजय, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्याय सहितको आर्थिक विकासका लागि आफ्नोे नेतृत्व अपरिहार्य छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धि ः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई मुल विषय बनाइनेछ ।’

मण्डलले सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पनाका साथ यहाँका जनताको घलदैलोमा पुनः एकपटक सेवा पुर्‍याउने प्रतिबद्धता समेत जाहेर गरे । उनले भने, ‘नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थ व्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरण मैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकासका नीति र मेरो प्राथमिकता छ ।’


२०७९ बैशाख २७, मंगलवार २१:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय