जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ९ सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्। मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।

दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो। उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हाे।

५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बताएका छन्। मतदान अधिकृत सिंह स्थानीयबासिन्दा हुन्। उनको घरपरिवार कांग्रेस पार्टी समर्थक छन्।

स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन्। यता मिथिला नगरपालिकाका निर्वाचन अधिकृत दीपक धितालले विवाद भए पनि मत छापेको विषयमा आफूलाई जानकारी नभएको बताए

अहिले विवाद मिलेर पुन: समान्य रुपमा मतदान भइरहेको उनले बताएका छन्।

२०७९ बैशाख ३०, शुक्रबार १६:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय