बर्दिवास : बर्दिबास नगरपालिकामा मत पेटिका ल्याउने क्रममा झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

बर्दिवास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि आक्रमण भएको छ ।

श्रोतका अनुसार बर्दिवास नगरपालिका ६ किसाननगरबाट बर्दिबास तर्फ मत पेटिका बोकेको गाडीसँग सँगै आइरहेका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि अज्ञात व्यक्तिहरुद्वरा निर्घात कुटपिट भएको छ ।

Bardibas_kutpit1

कुटपिटबाट बर्दिवास–६ बस्ने ३४ वर्षिय रोशन यादव, २२ वर्षिय रन्जित यादव र १७ वर्षिय सुनिलकुमार यादव घाइते भएको बताइएको छ।

घाइतेहरुलाई तत्काल धनुषाको लालगढ स्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्याएकोमा रोशन यादवको जनकपुरमा उपचार सम्भव नभएको हुँदा थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको छ।

कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्न खोजि तथा घटना बारे अनुसन्धान कार्यमा जुटेको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

२०७९ बैशाख ३०, शुक्रबार २१:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय