
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार रातिबाट मतगणना सुरु भएको हो ।
बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् ।
उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएको हो ।