
धनुषा : धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ ।
अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो ।
उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दिएका छन् ।