
जनकपुरधाम : लक्ष्मिनियाँ गाउँपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाबाट नेकपा एमालेका उम्मेदवार लालजी साहले विजयी सुरुवात गरेको हो ।
लक्ष्मिनियाँ गाउँपालिका २ मा एमाले (सुर्य) छापबाट १०० मतको मतान्तरले साहको पुरा प्यानल विजयी भएको हो ।
सुर्य छापमा ६२१ मत ल्याउँदा एकिकृत समाजवादी पार्टीले ५२१ मत प्राप्त गरेको छ ।