janakpur_update_nepalvani2

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको ३ वटा वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिा अनुसार दुई वडामा नेपाली कांग्रेसले प्यानलै जित हात पारेको छ ।

वडा नम्बर १ मा कांग्रेसबाट उम्मेदबारी दिएका दीपनारायण यादव निर्वाचित भएका छन् । उनी ११ सय ४३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लभकुमार अधिकारीले ५ सय ४१ मत प्राप्त गरेका छन् ।

वडा नम्बर २ मा पनि नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको छ ।
यो पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका शिबकुमार साह निर्वाचित भएका छन् । साह ६ सय ११ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २ सय ९५ मत पाएका छन् ।

वडा नम्बर ३ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) विजयी भएको छ ।
तमलोपाबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका दीपेन्द्र कुमार साह २ सय ७६ मत ल्याएर निर्वाचिछत भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुनिल लाल दासले २ सय ५९ मत प्राप्त गरेका छन् ।


२०७९ जेष्ठ १, आईतवार २०:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय