
सिरहा : सिरहाको नरहा गाउँपालिका-१ मा कांग्रेसबाट अशोक कुमार महतो ३३० मतले विजयी भएका छन् ।
नरहा निर्वाचन प्रमुख अनुसार अशोक कुमार महतोले १०८४ मत प्राप्त गरेर विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुखी चौधरीले ७५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट योगेन्द्र पण्डितले ५४ मत, जनमत पार्टी (जपा)बाट चन्द्र कान्त यादव ३८ मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट दुखि दास ७ मत प्राप्त गरेका छन् ।
नरहा गाउँपालिकामा ५ वटा वडा मध्य अहिले वडा नं. १ को मतगणना मात्रै सम्पन्न भएको छ ।