
बर्दिबास : महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारहरुले निरन्तर बाजी मरिरहेका छन् ।
वडा नं. १४ मा स्वतन्त्रबाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विजय कुमार महतोले १ मतको फरकले विजयी भएका छन् । विजयी महतोले ५०८ मत प्राप्त गरेका छन्।
उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट भरत बहादुर हमालले ५०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उमेश कुमार महतोले ३९५ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डाक राज पोखरेलले ३१२ मत प्राप्त गरेका बर्दिबासका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जनाएको छ ।
बर्दिबास नगरपालिकामा वडा. नं. १ , ७, ८ र १४ को मतगणना सम्पन्न भएको छ ।
वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्का ८९६ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल) विजयी र वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंह विजयी भएका छन् ।