बर्दिबास : महोत्तरीको बर्दिबासमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले खाता खोलेका छन् । एमालेबाट वडा नं. २ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चोला राज प्याकुरेलले  ४५२ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २, ७, ८, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी, वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

shyam_raja_singh

२०७९ जेष्ठ २, सोमबार २३:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय