बारा : बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रामक्षेत्री प्रसाद कुर्मी र उपाध्यक्षमा सुगन्धी देवी कानु निर्वाचित भएका हुन् ।

अध्यक्षमा एमाले उम्मेदवार कुर्मीले २ हजार ९१७ मत पाएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार लाल बाबु प्रसाद यादवले २ हजार ४२६ मत पाए । लोसपाका उम्मेदवार जगत नारायण प्रसाद महतोले २ हजार ४४३ मत पाए ।

उपाध्यक्ष तर्फ एमाले उम्मेदवार सुगन्धी देवी कानु ३ हजार २३२ मत पाएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार कुराननेसा खातुनले २ हजार ९१४ मत र लोसपाकी सावित्री देवीले २ हजार ३८७ मत पाएका छन् ।


२०७९ जेष्ठ ३, मंगलवार १२:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय