बर्दिबास : महोत्तरीको बर्दिबास -३ मा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका विराट कुमार विष्‍टले १२२ मतको फरकले विजयी भएका छन् । विजयी बिष्टले १५१५ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का टिका बहादुर बस्नेतले १३९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रहलाद क्षेत्रीको पेनलबात स्वतन्त्र उम्मेदवार यज्ञ प्रसाद ढुङ्गले ले ७७ मात, नेपाली काँग्रेसबाट कृष्ण बहादुर क्षेत्रीले ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्ण बहादुर खड्काले ३६ मत र लोकतान्त्रिक समाजवादी पार्टीबाट बाले सार्कीले ९ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २,३, ७, ८, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी, वडा नं. २ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी, वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

२०७९ जेष्ठ ३, मंगलवार १३:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय