
नेपालवाणी / जनकपुरधाम ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्ष निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार महतो निर्वाचित भएका हुन् ।
उनले ३ हजार ९९५ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लोकेन्द्र मुखिया ३ हजार ५३६ मत ल्याए ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छन् ।
उनले ३ हजार ८६० मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत ल्याइन् ।
सर्लाहीको ११ वटा पालिकामा मतपरिणाम आइसकेको छ भने अन्यमा गणना जारी छ ।