बर्दिबास : महोत्तरीको बर्दिबासमा १४ वटा वडा मध्ये १० वटा वडाको मतगणना सम्पन्न हुँदा स्वतन्त्रबाट मेयर पदका उम्मेदवार प्रहलाद कुमार क्षेत्री ४ हजार ८ सय ६ मतले अघि लागेका छन् । उनले १० हजार ६३ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट मेयरका उम्मेदवार राजु खड्काले ५ हजार २ सय ५७ मत ल्याएका छन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट टेक बहादुर बलम्पाकीले ३ हजार १ सय१० मत ल्याएका छन् ।

यसैगरी, उपप्रमुखमा प्रह्लाद छेत्री पेनलकै स्वतन्त्र उम्मेदवार तारादेवी महतोले ६ हजार ३ सय ३६ मत, मावोबादी केन्द्रका कृष्णमाया गौतमले ५०५६ मत र एमालेका दुर्गा दाहालले ४३३० मत प्राप्त गरेका छन् ।

अहिले सम्म बर्दिबास नगरपालिकामा वडा. नं. १, २,३,४,५, ७, ८, १२, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

२०७९ जेष्ठ ४, बुधबार १६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय