पर्सा : पर्साको कालिकामाई गाउँपालिकामा पर्सा जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन।

जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका गुप्ता आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गरी निर्वाचित भएका हुन।

यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित भएकी छन। पाँचवटा वडा रहेको उक्त गाउँपालिका तीन वटा वडाध्यक्ष जनता समाजवादी पार्टी (जसपा), एउटामा नेकपा एमाले र एउटामा कांग्रेसले जितेको छ।

ठोरीको अध्यक्ष र उपाध्यक्षमा एमालेका श्रेष्ठ र रेग्मी निर्वाचित

पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन। अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा एमालेकै गोकुलीकुमारी रेग्मी निर्वाचित भएकी छन।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठलाई ७२० मतान्तरले पराजित गर्दै लालबहादुर विजयी बने। लालबहादुरले चार हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले तीन हजार ३२९ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामाङलाई एक हजार २१६ मतले पराजित गर्दै एमालेकी रेग्मी निर्वाचित बनिन। रेग्मीले चार हजार २५९ मत पाउँदा तामाङले तीन हजार ४३ मत प्राप्त गरिन।

पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसका चौधरी विजयी

पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरी थारू निर्वाचित भएका छन। नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरीलाई एक हजार २०० मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन।

दिनेशले पाँच हजार १४४ मत प्राप्त गरे भने हरिनारायणले तीन हजार ९४४ मत गरे। दिनेश गत स्थानीय तहको निर्वाचनमा ८२ मतले हरिनारायणसँग पराजित भएका थिए।

यसैबीच उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता महतो दोहोरिएका छन। महतोले चार हजार ४४४ मत पाउनुभयो भने नेकपा एमालेकी मन्तुरा देवीलाई ४३१ मत मात्र प्राप्त भयो।

पर्सागढी नगरपालिकाको नगरप्रमुखमा र उपप्रमुखमा एमाले उम्मेदवार विजयी

पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार गोकर्ण पाठक निर्वाचित भएका छन। नेपाली कांग्रेसका उम्मेदवार लोकनारायण यादवलाई दुई हजार ८९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित भएका हुन। पाठकले छ हजार ६२४ मत गरे भने यादवलाई तीन हजार ७३३ मत प्राप्त भयो।

यसैगरी नगर उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार पूजा चौधरी निर्वाचित भए। पूजाले सात हजार ६१६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले तीन हजार ४३० मत प्राप्त गरिन।

धोवनी गापाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेका विजयी

जिल्लाको धोवनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महन चौहान र उपाध्यक्ष पदमामा नेपाली कांग्रेसकी उम्मेदवार मन्दुदेवी विजयी बनिन। सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार चौहानले नेपाली कांग्रेसका उम्मेदवार वशिष्टनारायणलाई २० मतको अन्तरले र कांग्रेसकी मन्जुले जसपाकी प्रियङ्कादेवी यादवलाई ५६६ मत अन्तरको फराकिलो अन्तरले विजयी बने।

चौहानले तीन हजार ९१ मत र वशिष्टनारायणले तीन हजार ७१ मत प्राप्त गरे भने उपाध्यक्षमा मञ्जु देवीले तीन हजार १४३ मत र प्रियङ्का देवीले दुई हजार ५७७ मत मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए।

जिराभवानी गापामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजय बनेका छन। मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका अनोज चौधरी अध्यक्षमा र उपाध्यक्षमा रेखा चौधरी विजयी बने।

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रामप्रीत महतोलाई एक हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी अध्यक्ष पदमा निर्वाचित भए। चौधरीले चार हजार ५६० मत पाए भने महतोले तीन हजार २९९ मत पाए।

यसैगरी उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसकी चौधरीले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेवी थरूनीलाई एक हजार ७४५ मतको फराकिलो अन्तरले पराजित गरेकाे निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

२०७९ जेष्ठ ५, बिहीबार ०६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय