महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाको मेयरमा निवर्तमान मेयर हरिप्रसाद मण्डल फेरि मेयरमा जितेका छन् । उनलाई मटिहानीको पौराणीक, धार्मिक , ऐतिहासिक एवंम् पूरातात्विक वैभवलाई संरक्षण ,सम्बद्र्धन र विकास गर्न मतदाताले ५ वर्षका लागि अनुमोदित गरेका हुन् ।

यतिखेर मटिहानीमा जितेका उम्मेदवार बिजयी जुलुस लगाइरहेका छन् । पछि परेका उम्मेदवारहरु हार्नुको समिक्षामा जुटेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका हरि मण्डलले ४ हजार ३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत कुल वहादुर फडेराले बताएको छ ।

फडेराका अनुसार मटिहानी नगरपालिका मेयर मण्डल एक हजार ३२९ मतान्तरले विजयी भएको हो ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल रहमानले २ हजार ६७४ मत ल्याएको छ ।

उपमेयरमा लोसपाकै मंजु देवी ३ हजार ८६४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय मटिहानीले जनाएको छ ।
उनको निकटतम प्रतिद्वन्दी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत ल्याएकी हुन ।

उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मंजु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताएको छ ।

गौरव महसुस भइरहेको छ : मेयर मण्डल

‘सर्वप्रथम मलाई मतदान गर्नुहुने सबै मतदाता प्रति आभार व्यक्त गर्दछु । शुभचिन्त, पार्टीका कार्यकर्ता, नेताहरुलाई धन्यवाद दिन्छु । उहाँहरुले मलाई सहयोग गरेर मेरो जित सुनिश्चित बनाइदिनुभयो’, जननिर्वाचित मेयर मण्डल भन्छन्, ‘मलाई विश्वास थियो कि मैले पहिलो कार्यकालमा नेतृत्व गर्दा विकास गरेको छु । निश्चित रुपमा जनताले दोस्रो पटक पनि मौका दिनुहुन्छ । म यसमा सफल भएँ । काम गर्दा जनताले मुल्यांकन गर्छ भन्ने विश्वास थियो । जुन आज भोट गरेर जनताले प्रत्यक्ष रुपमा देखाएको छ ।’

hariprasad_mandal_nepalvani

लगन, परिश्राम, सोच यदि भयो भने जुनसुकै अवस्थालाई पनि चिरेर अगाडि बढ्न सकिने उनी सुनाउँछन् । मैले पनि त्यस्ता तमाम बाधाहरुलाई चिर्दैै लक्ष्य प्राप्ति गर्नलाई सफल भएको छु । यो मलाई आफैमा गौरव महसुस भइरहेको छ ,’ निर्वाचित मेयर मण्डलले भने ।

यस अघि उनले मटिहानी नगरपालिकाको मेयर पद सम्हालेर चर्चा वटुलेका थिए । मटिहानीको साँढे पाँच वर्षको सिङ्गो युगलाई प्रतिनिधित्व गर्ने आधार र प्रभाव पार्ने शक्तिशाली ईतिहास थियो । यि सबै वैभव र सिङ्गो ईतिहास थियो । तर, ती सबै गुमनाम जस्तै थियो । मेयर मण्डल पहिलो पटक जितेर आउँदा गर्भिलो ईतिहास, कमजोर वर्तमान र आशाले भरिएको भविष्य मटिहानी रहेको महसुस गर्दै काम थालेका थिए । विगतमा मेयर मण्डलले गरेको सकारात्मक प्रयासलाई मतदाताले रुचाएर फेरि जिताएको हो ।

उनले अबको कार्यकालमा अधुरा रहेका कामकाजलाई पुरा गर्ने योजनामा छन् । बिशेष गरेर विकासकै कामलाई प्राथमिकतामा राख्छु । हाम्रो पालिका केही शहरी, धेरै ग्रामिण क्षेत्रमा पर्छ । सबै वडामा विकासको मोडेलको रुपमा अगाडि बढाउँछु । मधेश प्रदेशमै नमूना पालिकाको रुपमा विकास गर्न सबैको सहयोग लिएर अहोरात्र खटने छु,’ उनी भन्छन् ।

कृषि क्षेत्रको विकासका लागि काम गर्ने मेयर मण्डल सुनाउँछन् । हरेक सडकलाई प्रदेश र संघिय सरकारको सहयोगमा दुई लेन, चारलेनको पक्की तथा कालोपत्रे सकड बनाउनेछु ।

‘मसँग भिजन छ, सोच छ अनि मनमा आँट छ। त्योसंगै आत्मविश्वास पनि छ। म आफनो भिजनभन्दा जनताको भिजन, आवश्यकता अनुसारको विकासको कामलाई पहिलो प्राथमिकतामा राखि मटिहानीमा विकास लहर ल्याउछु’, उनी भन्छन् ।

२०७९ जेष्ठ ५, बिहीबार १४:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय