सिरहा : सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार ४१ मतान्तरले यादव अध्यक्षमा निर्वाचित भएका हुन्। उनले दुई हजार १५८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत पाएका छन्।

गाउँपालिका अध्यक्षमा निर्वाचित सत्यनारायण ०७४ को निर्वाचनमा जसपाका जागेश्वरसँग पराजित भएका थिए।

अध्यक्षमा कांग्रेसका कुशेश्वर यादवले एक हजार ६६०, माओवादी केन्द्रका हजारी साहले एक हजार ८१२, जनमत पार्टीका सत्यनारायण यादवले ५८२ र एकीकृत समाजवादीका शत्रुधन यादवले १०७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा जसपाकी जिताकुमारी सिंह निर्वाचित भएकी छन्। सिंहले दुई हजार २७२ मत प्राप्त गर्दा कांग्रेसकी चन्द्रकला कुमारी यादवले एक हजार ९६९, एमालेकी शान्तिदेवी यादवले एक हजार ७६४, माओवादीकी रिंकुकुमारी यादवले एक हजार ३१६, जनमत पार्टीकी गंगाकुमारी यादवले ८७३ र एकीकृत समाजवादीकी ममताकुमारी सिंहले ११८ मत पाएका छन्।

गाउँपालिकाको वडा नम्बर १ मा भोगेन्द्र यादव (जसपा), वडा नम्बर २ मा प्रमोदकुमार यादव (कांग्रेस), वडा नम्बर ३ मा जयकुमार यादव (जसपा), वडा नम्बर ४ मा रामबाबु यादव (कांग्रेस) र वडा नम्बर ५ मा जयनाथ यादव निर्वाचित भएका छन्।

२०७९ जेष्ठ ५, बिहीबार १७:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय