
महोत्तरी : जिल्लाको बर्दिबास नगरपालिकामा १ मतको फरकले ३ वटा भाग्यमानी वडाध्यक्ष विजयी भएका छन् । एक मतको फरकले जित्नु भाग्यले जित्नु नै भनिन्छ ।
भोरिल यादव, वडाध्यक्ष बर्दिबास नगरपालिका-७
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ७ मा स्वतन्त्र उम्मेदावर जेब्रा छापबाट रामस्वगारथ यादव एक मतको फरकले विजयी भएर भाग्यशालि वडा अध्यक्ष बनेका छन् ।
यादवले ७२७ मत ल्याइ विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुरेन्द्र कुमार सिंह कोईरी ७२६ मत ल्याएर पराजित भएको छ ।
बर्दिवास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीको पाईनलबाट उम्मेदवारी दिँदा कसैले पनि म जित्छु भनेर विश्वास व्यक्त नगरेको वडा नं. ७ का विजयी वडा अध्यक्ष यादवले बताए । यादवले थप्दै भने ‘हामी वडा र नगरपालिकामा समेत जित्यो र अब जनताको विश्वास जित्छु’ ।
सम सेर सिंह, वडाध्यक्ष बर्दिबास नगरपालिका-८
बर्दिवास नगरपालिका वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंह पनि १ मतको फरकले विजयी भइ भाग्यमानि वडा अध्यक्ष बनेका छन् ।
विजयी समसेर सिंहले ७६७ र नेकपा एमालेका रुद्र वहादुर किंगरिंग मगर पनि ७६७ मत प्राप्त गरी पछि, गोलाप्रथाबाट समसेर सिंह छनोट भएका थिए, छनोट सिंहलाई गोलाप्रथाका १ मत थप गरि ७६८ बनाई विजयी गराएका थिए । सिंह बराबर मत ल्याएर पनि हुनु झनै भाग्यमानी मानिन्छ ।
बिजय कुमार महतो, वडाध्यक्ष बर्दिबास नगरपालिका-१४
यस्तै महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ मा स्वतन्त्र उम्मेदवार जेव्रा छापबाट बिजय कुमार महतो पनि भाग्यमानि वडा अध्यक्ष बनेका छन् ।
वडा अध्यक्ष महतो ५०८ मत ल्याएर विजयी भएको छ ।
निर्वाचन कार्यालय बर्दिवासका अनुसार महतोले आफना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत प्रसाद हमाललाई मात्र एक मतले पछि पार्दै जित हात पार्नु भएको छ । हमालले ५०७ प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।
महतोले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।