महोत्तरी : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उनी पुनः मेयर पदमा निर्वाचित भएका हुन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विजय मण्डललाई २५६ मतले पराजित गर्दै निवर्तमान मेयर साह पुनः विजयी भएका छन् ।

मतगणना अन्तिम परिणाम अनुसार साहले ५६१७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मण्डल ५३५४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा काँग्रेसकी शान्ति कुमारी सिंह ५७७५ मत ल्याइ विजयी भएकी छन् ।

उनले लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर गंगाकुमारी सिंहलाई पराजित गर्दै विजयी भएकी हुन् ।

गंगाकुमारी ५३५५ मतमा सिमित भइन् ।

२०७४ को स्थानीय चुनावमा भंगहा नगरपालिकामा मेयर र उपमेयरसहित अधिकांश वडा ंतत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको थियो । यो पटक लोसपाले उपमेयरसहित केहि वडा गुमाउनु परेको छ ।

२०७९ जेष्ठ ८, आईतवार १४:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय