जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयरमा काँग्रेसको जीत भएको छ।

मेयरमा एमाले सुखदेव यादवले काँग्रेसका मेयर पदका उम्मेदवार निर्वतमान मेयर योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका छन्।

यादवले कुल ७ हजार ९ सय १३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनको निकटतम प्रतिष्पर्धी पजियारले ७ हजार ३ सय मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा काँग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमाले दोश्रो कार्यकाल लागि पुनः निर्वाचित भएकी छिन्। उनले ७हजार ५ सय पचास मत पाउँदा उहाँको निकटतम प्रतिष्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले ७ हजार ५ सय ११ मत प्राप्त गरेकी छिन् ।

यस क्षीरेश्वरनाथ नगरपालिकाको उपमेयर र १० वटा वडा मध्ये ८ वटा वडाध्यक्ष प्यानल सहित काँग्रेसका उम्मेदवारले जित्न सफल भएपनि मेयर र २ वटा वडा प्यानल सहित एमालेले जित निकाल्न सफल भएका छन् ।

यस पालिकाको वडा नं. १,२,३,४,५,७,८,१० र मा नेपाली काँग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, अमरकिशोर सिंह, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोदकुमार महतो(मोदी) र रामपदारथ यादव प्यानल सहित विजयी भएका छन् भने वडा नं. ६ र ९ मा क्रमशः बिनोद प्रसाद गुप्ता र अवध किशोर यादव नेकपा एमालेबाट प्यानल सहित विजयी भएका छन् ।

यस पलिकाको अघिल्लो चुनावमा पनि एमालेका अहिलेका मेयरका उम्मेदवार सुखदेव यादव र काँग्रेसका उम्मेदवार निवर्तमान मेयर समेत रहेको योगेन्द्र पजियार बीच नै टक्कर भएको थियो । त्यतिबेला यादव उपेन्द्र यादव नेतृत्वको जसपाबाट उम्मेदवार बनेका थिए र काँगे्रस संग हार व्यहोरेका थिए । यस पटक यादव एमालेमा प्रवेश गरेर मेयरको उम्मेदवार बन्दै जीत्न सफल भएको छ । यस अर्थमा जो संग अघिल्लो चुनाव हारेका थिए उसैलाई यस पटक हराउन यादव सफल भए ।

२०७९ जेष्ठ ८, आईतवार १६:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय