सप्तरी : सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।

२०७९ जेष्ठ ८, आईतवार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय