
नेपालवाणी / जनकपुरधाम
जनकपुरधाम उप–महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ ।
उपमहानगरपालिकाको वडा नं. १७ मा माओवादी केन्द्रका नेता रामवृक्ष यादव वडा अध्यक्षमा विजयी भएका छन् । यो जनकपुरधाम उप–महानगरपालिकामा पहिलो जित हो ।
माओवादी केन्द्रका नेता रामवृक्ष यादवले १ हजार ५२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटत्तम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका परमेश्वर यादवले ९ सय ९० मत पाएका हुन् । रामवृक्षले ६२ मतको मतान्तरमा विजयी हासिल गरेको हो । यसैगरी नेपाली काँग्रेसका धर्मेन्द्र कुमार यादवले ९ सय ५२ मत ल्याएका थिए ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले शुन्यमा थियो ।
यसपटक भने एक वडामा अध्यक्ष जितेको हो भने अन्य सदस्यमा जनता समाजवादी पार्टीबाट, उपेन्द्र बरही, मनोज मुखिया विन, महिला सदस्यमा नेपाली काँग्रेसकी रिणा देवी र दलित महिला सदस्यमा जुपाकी पवित्रि देवी विजयी भएकी हुन् ।