नेपालावाणी / जनकपुरधाम

नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामकुमार शर्माले मधेश प्रदेशमा माओवादी हार्नुको कारण गिरिराजमणि पोखरेल, मातृका यादव र भरत साहलाई प्रमेख दोषि मानेको छ । उनले समाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि पोख्दै माओवादी केन्द्र महापराजयको प्रमुख कारण मधेश शिर्ष नेताहरु भएको आरोप लगाएका हुन् ।

उनले माओवादी हार्नुको कारणलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।

१) गिरीराजमणी पोखरेल र मातृका प्रसाद यादव बिच आ–आफ्ना व्यक्तिगत स्वार्थपुर्तिका लागि चरम गुटबन्दी गर्नू र पार्टीलाई फसाउनु ।

२) माओवादी केन्द्रबाट सधै सत्तामा रहने गरेका गिरिराजमणी पोख्रेल र मातृका यादवहरु मार्फत मधेश स्तरमा बिकासको बैज्ञानिक मोडल प्रस्तुत गर्न नसक्नु, सत्ताको चरम दुरुपयोग आ–आफ्नो निर्वाचन क्षेत्रमा गर्नु ।

३) सत्तामा बसेर भ्रष्टाचार गर्नु र आफ्नो गुटका मान्छेहरुलाई भ्रष्टाचार गर्न प्रेरित गर्नु ।

४) प्रदेश नेतृत्व वृद्ध, योजना बिहिन, असक्षम एंव टुरिष्ट प्रवृत्तिको हुनु ।

५) लामो समय देखि प्रदेश अध्यक्ष बिहिन हुनु, प्रदेश कमिटी गठन नहुनु ।

६) मधेश प्रदेश सरकारबाट भएको भ्रष्टाचार, अनियमितता एंव कुशासनको बारे भूमिका विहिन हुनु, उल्टै एक मन्त्री पदको लोभमा बदनाम सरकारमा सहभागी भएर भ्रष्टाचारीको मतियार बन्नु,

७) आदरणिय अध्यक्ष प्रचण्डलाई जनता एंव पार्टी बिरुद्धमा भईरहेको तमाम अपराधहरु बारे बारम्बार जानकारी गराउदा पनि बोल्ड निर्णय गर्न नसक्नु, पार्टीलाई अनिर्णयको बन्दी बनाउनु ।


२०७९ जेष्ठ ९, सोमबार १३:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय