राजकरण महतो,

काठमाडौं : बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेर पुर्खौली जिल्ला महोत्तरीको शान बढाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताएका छन्।

धार्मिक, साँस्कृति तथा ऐतिहासिक नगरि मटिहानी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण पछिको सभामा बोल्दै उनले यस्तो बोलेका हुन्। काठमाडौंबासी जनताले मधेशी अनुहारलाई रोजेर हिमाल, पहाड, तराईको भावनात्मक सम्बन्ध देशैभरी प्रगाढ बनाएकोमा उनले खुशी व्यक्त गरे।‘देशको राजधानी काठमाडौं जस्तो ठाउँमा बालेन्द्र शाहले जित सुनिश्चित गरेको छ। धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले जितेको छ। जनताले फरक क्षेत्रका उम्मेदवारलाई पनि जिताएका छन्’, मेयर मण्डलले भने, ‘विकासका लागि मतदाताले विश्वास गरेर मत दिएका छन्। राजनीतिक दलका उम्मेदवारलाई प्रास्त गरेर नेपाली जनताले नेपाली राजनीतिका प्रवेश गराएको छ।’

स्वतन्त्र उम्मेदवारलाई जिताएर नेपाली जनताले राजनीति वृत्तमा ईतिहास रचेको उनले बताए । ‘उनीहरुसँग सोंच होला, विचार होला, त्यो पालिका बनाउने अठोट होला त्यही भएर त्यहाँका आम जनताले उनीहरुलाई भोट दिएर नेपाली ईतिहास बनाउन नेपाली जनताले ठूलो अभियान चलाएको छ’, उनले भने, ‘त्यो कुरा हामीले बुझ्नुपर्छ। साइकलमा हिड्नेलाई धरानमा जितायो। ’

जनताको ईच्छा, अपेक्षा र विश्वासलाई मनमा राखेर समाज परिवर्तनका लागि जनप्रतिनिधिहरुले काम गर्नु पर्नेमा उनले जोड दिए। ‘हामी सबैले विकासको मुल मन्त्रलाई बुझौं। हामी विभिन्न राजनीतिक दलबाट आएर जितेका हौं। राजनीतिक दल एउटा छापमा हुन्छ। जितेपछि हाम्रो कर्तव्य जनताको सेवा गर्नुमा हुन्छ’, मेयर मण्डले भने, ‘हामीले विकासका कामलाई निरन्तर अगाडि बढायौं भने मात्रै जनताको सच्चा सेवक बन्न सक्छौं। जनताको बीचमा कसरी हामी प्रस्तुत हुन्छौं, त्यो नै हाम्रो प्रतिष्ठाको मेरुदण्ड बन्छ। त्यसैले हामी सबै जनप्रतिनिधिको एउटै लक्ष्य र मर्म विकास हुनुपर्छ।’

दलहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारहरुलाई परिक्षणको रुपमा नेपाली जनताले जिताउने अभियान चलाएको उनले बताए। ‘सारा ठाउँमा नयाँ जनप्रतिनिधि आएको छ, सबै नेपालीले मतदान गरेर जिताएको छ। स्थानीय निकाय नमूना बन्यो भने प्रदेश बन्छ, सबै प्रदेश उत्कृष्ठ बन्यो भन हाम्रो समुन्नत देश बन्छ। यो नै सबै भन्दा ठूलो विकास र परिवतन्त्रको मन्त्र हो। यो मन्त्र पुरा भयो दिन हामी सबै नेपालीको खुशीको क्षण हुने छ।’ साभारः अन्नपूर्णपोष्ट

यो पनि पढ्नुहोस् !

काठमाडौंको मेयरमा बालेन साहको जित सुनिश्चित हुँदा पुर्ख्यौली गाउँ महोत्तरीमा खुसीयाली

२०७९ जेष्ठ ११, बुधबार १७:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय