काठमाडौं : स्याङ्जामा १२ महिने शिशुसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्याङ्जा जिल्लामा १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिवार (आज) बिहानको अपडेट अनुसार संक्रमित हुनेमा अर्जुन गाउँपालिकाका १९ जनामा र बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका तथा वालिङ नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा हालसम्म २२ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

२०७७ असार १३, शनिबार ०८:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय