
काठमाडौँ: स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भएको छ।
आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वाअनुमान महाशाखाकाले जनाएको छ।
महाशाखाकाअनुसार प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ।
देशको बाँकी भूभागमध्य केही ठाउँमा आंशिक बदली भए पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
भोलि र पर्सि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ।