सोमप्रसाद शर्मा/धनुषा

धनुषा : नेकपा एकीकृत समाजवादीमा ठूलै पहिरो जाँदैछ ।

धनुषामा आज बुधबार सो पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष सोमप्रसाद शर्मासहित १०० भन्दा बढीले सो दल त्याग गरेका हुन् ।

मिथिला नगरपालिकाको ढल्केबरमा पत्रकार सम्मेलन नै आयोजना गरेर शर्मासहितका नेता कार्यकर्ताले नेकपा एकीकृत समाजवादीका सम्पूणर् जिम्मेवारीसहित सदस्यता त्यागेको घोषणा गर्नुभयो ।

यसरी दल त्याग गर्नेमा शर्मासहित २५ जना जिल्ला कमिटीका सदस्य र ७३ जना मिथिला नगरमा आबद्ध सदस्य हुनुहुन्छ । मिथिला नगरपालिका-७ का बासिन्दा शर्मा पुराना बामपन्थी कार्यकर्ता र सामाजिक अभियानी हुनुहुन्छ ।

हाल सामुदायिक वन उपभोक्ता महासङ्घका मधेश प्रदेशका अध्यक्ष रहनु भएका शर्मा अब आफ्नो पुरानो मातृ पार्टी नेकपा एमालेमा फर्कनसक्ने अड्कल गरिदैछ ।

Madhab_nepal_akkikrit_samajwadi_nepalvani

२०७९ भाद्र १, बुधबार १२:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय