जनकपुरधाम : मधेशका हैवी वेट नेताहरु प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका छन् ।  नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधि बाहेक सवै क्षेत्र परिवर्तन गरेर भए पनि प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका छन् ।

पार्टीहरुका क्षेत्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारहरुका नाम धमाधम सिफारिस गर्न थालेका छन् । हुनत मधेशमा यस पटक नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र पाँच दलीय गठबन्धन विरुद्ध निर्वाचन हुने देखिए पनि सोमबारसम्म गठबन्धनले सिट बाँडफाँट गर्न सकेका छैनन् तर दलहरु आ–आफ्ना उम्मेदवारहरु सिफारिस गरी सार्वजनिक समेत गरी सकेका छन् । नेपाली कांग्रेसको तर्फवाट यस पटकको निर्वाचनमा पार्टीका पूर्व उप–सभापति विमलेन्द्र निधि बाहेकका हैवी वेट नेता प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार हुने भएका छन् । उनले आफ्नो नाम आफै समानुपातिकमा सिफारिस गराएपछि धनुषा निर्वाचन क्षेत्र नम्वर तीनको राजनीति भने यस पटक पनि अन्य दलको हातमा जाने निश्चित देखिन्छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेताहरु आनन्द ढुङ्गाना, महेन्द्र यादव, मुक्ता यादव, रामकृष्ण यादव, अमरेशकुमार सिंह, किरणकुमारी यादव चुनावी मैदानमा छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर २ मा रामकृष्ण यादव र मुक्ता यादव पक्षधरबीच नाम सिफारिसकै लागि ठूलो विवाद भएको छ । दुवै पक्षधरले आफ् नो नेताको एकल नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई दबाब दिएपछि त्यहाँ विवाद सृजना भएको थियो । सर्लाहीमा पनि भारतको एकदमै नजिक मानिने अमरेशकुमार सिंहको नाम भने क्षेत्रीय समितिले सिफारिस गरेको छैन् । उनको स्थानमा पार्टीका महामन्त्री गणनकुमार थापाको नाम सिफारिस गरिएको छ तर थापाले काठमाण्डुबाटनै चुनाव लड्ने भनि सकेपछि अन्ततः सिंहनै त्यहाँबाट उम्मेदवार हुने निश्चित देखिन्छ ।

त्यस्तै, नेकपा एमालेवाट रघुवीर महासेठ, जुली महासेठ, प्रभु साह र सत्यनारायण मण्डल लगायतका हैवी वेट नेताहरु चुनावी मैदानमा देखिएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ वाट रघुवीर र ३ वाट जुलीको नाम सिफारिस गरिएपनि दुवै जना मध्ये एक जना उम्मेदवार हुने सम्भावना छ । हुनत एमालेको विधानमा श्रीमान श्रीमती उम्मेदवार हुने व्यवस्था छैन् । दुबै जना मध्यये एक जना मात्र उम्मेदवार हुनेछन् ।

त्यस्तै जनता समाजवादी पार्टी जसपावाट पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादव, डा. सुरेन्द्र यादव, डा. सूर्यनारायण यादव लगायतका हैवी वेट नेताहरुलाई प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

गठबन्धनको पर्खाइमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीले पनि धमाधम प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनल लगायतका नेताहरु चुनावी मैदानमा उत्रिने भएका छन् । लोसपाका हैवी वेट नेताहरुले अहिले सम्म समानुपातिकको बाटो रोजेका छैनन् । हुनत लोसपाका अध्यक्ष ठाकुरलाई पार्टीमा समानुपातिकमा जाने दबाब दिइएको छ तर, उनी प्रत्यक्षबाटनै चुनाव लड्ने मनस्थितिमा रहेका उनी निकट स्रोतले जानकारी दिएका छन् । अध्यक्ष ठाकुरलाई नेसपाका महेन्द्र यादव माओवादीको चुनाव चिन्हले निर्वाचनमा जाने छन् भने राजकिशोर जसपाबाटनै निर्वाचनमा जाने सिफारिसमा परेका छन् ।

पाँच दलीय गठबन्धन बनाउने मुख्य योजनाकारहरु मध्ययेका एक माओवादी केन्द्रका मधेशका दुई जना हैवी वेट नेता पनि चुनावी मैदानमा छन् । मातृका प्रसाद यादव र गिरिराजमणी पोखरेल दुवै जना प्रत्यक्षबाटनै निर्वाचनमा जाने देखिन्छ । त्यस्तै पार्टीका अर्का हैवीवेट नेता रामेश्वर यादव पनि प्रत्यक्षबाटनै निर्वाचनमा जाने भएका छन्।

त्यस्तै,नेकपा एसमा मधेश प्रदेशमा हैवी वेट नेता मानिएका पार्टीका अध्यक्ष स्वयंम् माधवकुमार नेपाल र रामचन्द्र झा पनि प्रत्यक्षबाटनै निर्वाचन लड्ने भएका छन् । माधव नेपाल रौतहट र रामचन्द्र झा धनुषाबाट निर्वाचन लड्ने भएका छन् । त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि प्रत्यक्षबाटनै निर्वाचनमा भिड्ने भएका छन् । पाँच दलीय गठबन्धनमा सबै दलले आ–आफ्नो दाबी गरे पनि प्रत्यक्षतर्फ उम्मेदवार पुर्याउन समेत दलहरुलाई हम्मेहम्मे परेको छ । ३२ प्रतिनिधिसभा र ६४ प्रदेश सभा रहेका मधेश प्रदेशमा महिला उम्मेदवारहरु मध्ये जुली महासेठको नाम सर्वसम्मतले सिफारिस गरेको छ भने मुक्ता यादवले मात्रै उम्मेदवार बन्नका लागि जोडतोड लगाएकी छन् ।

प्रत्यक्ष तर्फ महिला उम्मेदवारको खडेरी

mahila-haru-nepalvani

मधेशमा महिला उम्मेदवारहरुको खडेरी देखिएको छ । सवै क्षेत्रमा ५० प्रतिशत सम्मको माग गर्ने महिलाहरु भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने चासो देखाएकी छैनन् ।

धनुषाबाट मात्रै दुई र महोत्तरीबाट दुई गरी कुल चार जना महिला नेतृहरु उम्मेदवार बन्ने आकांक्षी देखिएकी छन् । धनुषावाट प्रतिनिधिसभामा नेकपा एमालेवाट जुली महासेठ र नेपाली कांग्रेसवाट मुक्ता यादवले चासो देखाएकी छन् । भने महोत्तरी प्रदेशसभा तर्फ सुरिता साह र रानी शर्मा उम्मेदवार बन्ने भएकी छन् ।

पटक पटक समानुपातिकवाट प्रतिनिधिसभा सदस्य भएकी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरी भने यस पटक पनि समानुपातिककै बाटो रोजेकी छन् । उनी समानुपातिकवाट निर्वाचित भइ मन्त्री समेत भइ सक्दा प्रत्यक्षवाट निर्वाचनमा आउन डराएकी छन् । त्यस्तै, पूर्व रेणुकुमारी यादव चन्दा चौधरीकै बाटोमा छन् । उनी पनि समानुपातिक तिर जान चाहेकी छन् । रेणु यादवलाई जसपाले कारबाही गरेको छ । यस भन्दा पहिला उनी जसपावाट प्रतिनिधिसभा सदस्य भइ भौतिक पूर्वाधार मन्त्री समेत भएकी थिइन् । त्यस्तै,कांग्रेसका प्रभावशाली नेता चित्रलेखा यादव पनि प्रत्यक्ष निर्वाचन तिर इच्छुक देखिएकी छैनन् । उनी पनि समानुपातिकवाट सिफारिस हुने दाउमा छिन् ।

त्यस्तै कांग्रेसका नेतृ सीता यादव पनि प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने छाटकाट देखाएकी छैनन् । महिला अधिकारको कुरा चल्दा अहिले महिलालाई ३३ प्रतिशत आरक्षण दिइएको छ ।

तर विभिन्न समयमा ५० प्रतिशत सम्मको अधिकार आफूहलाई चाहिएको उनीहरु दावी गर्ने गर्छिन् । तर, प्रत्यक्ष निर्वाचनमा उनीहरुको उत्सुकता देखिएको छैन् । पुरुष उम्मेदवारलाई हराउन नसक्ने पार्टीको डरले पनि उनीहरुलाई उम्मेदवारमा सिफारिस गरिएको छैनन् भने धनुषा निर्वाचन क्षेत्र नम्वर ३ वाट कांग्रेसका हैवी वेटा विमलेन्द्र निधि संग निर्वाचनमा भाग लिइ सकेकी जुली महासेठ यस पटक भने लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो संग भिड्ने भएकी छन्। कारण दुबै जनाको पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्वर ३ बाटनै सिफारिस गरेको छ । यता, कांग्रेस नेता मुक्ता यादवले भने आफ्नो नाम सिफारिसमै आफ्नो दम्भ देखाएकी छन् । उनले आफ्ना नेता रामकृष्ण यादव भन्दा बढी मत ल्याउन सक्ने दावी गर्दै मुक्ताले आपूmले टिकट पाउनुपर्ने अडान लिएकी छन् ।

यो खबर आजको जनकपुर टुडेमा छापिएको छ ।

२०७९ भाद्र २१, मंगलवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय