
नेपालवाणी / जनकपुरधाम ।
विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइका बानीहरु अत्यन्तै महत्वपूर्ण छ । आधारभूत सेवाविना लाखौं बालबालिकाको जीवन जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मधेश प्रदेशका बिभिन्न स्थानीय पालिकाका प्रमुखहरुले खानेपानी तथा सरसफाइजन्य रोगहरु पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युको मुख्य कारण बनेकोले सरसफाईका बानी कागजमा भन्दा व्यवहारमा लागू गरेर वास्तवमै परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
खोनपानी सरसफाई तथा स्वच्छता ९वास० क्षेत्र सुशासन कार्यक्रममा सहभागि पालिका प्रमुखहरुले स्वच्छता, वातावरण र सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै सरसफाई जीवनदान भएकोले स्वच्छता नै जीवन जिउने अमुल्य आधार भएको बताए । हरेक पालिकाहरुमा गरिब, विपन्न घरपरिवारहरुलाई सरसफाईको महत्व, आवश्यकता र दिर्घकालिन असरबारे जानकारी दिएर स्वच्छ, पानी, बानी र वातावरण समाजिक स्तरबाटै सम्भव हुने बताए ।
कार्याक्रममा युनिसेफका फिल्ड अफिसर अन्नपूर्णा मिश्रले खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा नेपालले विगतका केहि दशकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्क प्रस्तुत गरिन । उनले सन् १९९० मा ४६ प्रतिशत घरधुरीसँग खानेपानीको सुविधा रहेकोमा हाल ९५ प्रतिशतसम्म खानेपानीको पहुँच रहेको र १९९० मा ६ प्रतिशतबाट वृद्धि भई हाल ६२ प्रतिशतसँग सरसफाइको सुविधा उपलब्ध भएको बताईन् ।
तथ्यांकअनुसार सबै खानेपानीका श्रोतहरु मध्ये सम्पूर्ण जनसंख्याले प्रयोग गर्ने मध्ये ७१५ र विपन्न समुदायले प्रयोग गर्ने मध्ये ९१५ खानेपानीमा इकोली ब्याक्टेरिया पाईने गरेको बताए । खानेपानी वितरण लाइनहरू मध्ये २५५ मात्र पूर्ण रुपमा काम गर्ने अवस्थामा रहेको र ४०५ लाई ठुलो मर्मतको आवश्यकता रहेको छ ।
नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षणका अनुसार, १६५ जनसंख्याले अझै खुला रुपमा दिसा गर्ने गरेको पाईन्छ । २०५ सरकारी विद्यालयहरूमा सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध छैन, साथै थप १९५ मा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय तथा महिनावारी सम्बन्धी सरसफाइको सुविधा नरहेको तथ्यांक छ ।
गाउँपालिका महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा अन्तरक्षेत्रीय सहकार्य मार्फत विद्यालय र स्वास्थ्य संस्थाहरुमा सुरक्षित खानेपानीको सुविधामा सुधार ल्याउने, सरसफाइको सामाजिक अभियान तथा पूर्ण सरसफाइको अभियानलाई बृहत बनाउनुपर्नेमा जोड दिईएको थियो ।
खानेपानी तथा ढल व्यवस्था विभागका सिनियर डिभिजन ईन्जिनियर अजय ओझाले सरसफाइको सुधारिएको अभ्यासलाई प्रवर्धन गर्न तथा सरसफाइको बजार निर्माण निजी क्षेत्रलाई सम्मिलित गर्ने तथा स्वास्थ्य संस्था, प्रारम्भिक बाल विकास केन्द्र तथा विद्यालयहरुमा लैंगिक तथा अपांगमैत्री सरसफाइका सुविधाहरुका लागि पैरवी गर्ने जस्ता कार्यक्रम सञ्चालन रहेको जानकारी दिए ।
खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने र खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने, तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने योजना अघि सारे ।
गाउँपालिका महासंघ नेपालका केन्द्रिय सदस्य डम्बर बहादुर राउतको अध्यक्षतामा भएको अन्तरक्रियामा खानेपानी तथा सरसफाइ सम्बन्धी नयाँ कानून निर्माण गर्न र सरसफाइका सुविधाको पहुँचमा लैंगिक समानता र सामाजिक समावेशिता प्रवर्धन गर्ने खानेपानी तथा सरसफाइ सम्बन्धी विद्यमान नीतिहरुमा विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समावेश गर्ने जस्ता कुराहरु समावेश गर्न आग्रह गरे ।
कार्यक्रममा हंसपुर नगरपालिकाका प्रमुख प्रदिप कुमार यादव, रुपनी गाउँपालिकाका दिनेश कुमार यादव, एकडाराका दिपनारायण यादव, दुर्गाभगवतिका शम्भु कु्मार सिंह, मिथलेश कुमार यादव समाजिक विकास मन्त्रालयका उपसचिव दिलिपकुमार ठाकुर सहितका वक्ताहरुले बोलेका थिए । साथै सरसफाई सयोजकहरुले पालिकाहरुमा भएको खानेपानी तथा सरसफाईको प्रगति विवरण पेश गरेको गाउँपालिका महासंघका मनोज साहले जानकारी दिए ।