
जनकपुरधाम : सामाजिक रुपान्तरणका लागि मिथिला कलालाई आधुनिक ढंगले प्रस्तुत गर्नुपर्ने र कलालाई शौख मात्र नभएर चित्र मार्फत समाज रुपमान्तरणमा चेतना जगाउन समाजिक रुपान्तरणको माध्यम बनोस भन्ने चाहन्छिन मनिषा । ‘अव मिथिलाको जीवनशैली मात्र हैन, त्यहाँका नारीले भोगेका दुःख र पीडा पनि कलामार्फत व्यक्त गर्ने समय हो,’ उनले भनिन्, ‘त्यही कामलाई नयाँ ढंगले पस्कने प्रयास नै ‘मोर्डन मिथिला’ हो ।’
अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ले जनकपुरधाममा सडक कला प्रदर्शनी गर्ने कार्यशालामा उनले बनाएका चित्रमा दाइजो, भ्रुण हत्या, घुम्टोप्रथा, समाजिक तथा सांस्कृति लगायतका सामाजिक समस्या मात्र हैन, सामाजिक विकृति र उत्छृङखलता पनि चित्रित छन् । उनले घुम्टो लगाएकी परम्परागत महिला मात्र हैन, घुम्टो खोलेकी आधुनिक महिला पनि अपराधको चपेटामा परेको महिलाहरुको आवाज पनि चित्र बन्नुपर्ने बताइन् ।
उनको चित्रले जतिसुकै ठूला कुरा गरे पनि महिला अझै सामाजिक बन्धनमा रहेको तथ्य उजागर गर्छ । ‘नत उनीहरुले स्वतन्त्र ढंगले सोच्न र बिचार पोख्न पाउँछन,’ चित्रबारे वणर्न गर्दे उनले भनिन्, ‘न आफूले रोजेको बाटोमा हिँड्न सक्छन् न आफुले सोचेको गर्न सक्छ यही परिबन्धमा महिला पिल्सिएको छ ।’
पछिल्लो समयको डरलाग्दो घटनालाई यस्ता दृश्यलाई पनि चित्रमा उतारेकी छिन् । मनिषा मधेशमा देखिएका यी नराम्रा पाटा मात्र हैन, त्यहाँका सुन्दरतम घटनालाई पनि आकर्षक ढंगले देखाउने गर्छिन् । मयुरको साथमा नाच्दै गरेकी यूवती हुन् या राधाकृष्णको मनमोहक जोडी आकर्षक ढंगले बनाउँछिन् । मिथिलामा घरेलु हिंसा र समाजिक विभेदमात्र हैन, सुन्दर जनजिवन र हँसिला अनुहार पनि छन् ।
‘क्यानभासमा सामाजिक विकृतीका पाटो मात्र हैन, उनले भनिन्, ‘सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउँछु ।’
कलाकार अलेहान्द्रो अल्पसंख्यक र सामाजिक रुपमा बहिष्कृत समुदायहरुको आवाजको प्रवद्र्धन र सम्मानमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएको अमेरिकी दूतावासका मिडिया संयोजक अपार पौडेलले जनाएको छ ।
अमेरिका स्थित क्यालिफोर्नियाको लस एन्जलसबाट आएका म्यान वनले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा जनकपुरका स्थानीय कलाकारहरुसँग सहकार्य गरी मिथिलाको जीवन्त कला र बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना जनकपुरधाममा आयोजना गर्नेछ ।
नेपाली म्युरल (भित्ते चित्र) चित्रकार, ग्राफिटी (भित्ते लेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरुको समूहले भोली जनकपुरधाम स्थित गंगासागर घाटमा प्रत्यक्ष कलाकार्यशालामा भाग लिने जनाएको छ । अर्को हप्ता, नेपाली कलाकारहरूले अल्पसंख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रुपमा काम गर्नेछन् । अन्तिम चरणमा एक वृहत आकारको पुणर् भित्ते चित्र सार्वजनिक गरिने अमेरिकी दूतावासका संस्कृति मामिला प्रमुख सारा नाईटले जनाएको छ ।
कलाको दूतका रूपमा नेपाल रहँदा म्यान वनले सामाजिक समावेशिता र समताका विषयमा म्यान वनले उनको आफ्नै काम र ‘विरोध कला’ (प्रोटेस्ट आर्ट) को रुपमा भित्ते चित्रको इतिहासका विषयमा पनि कुरा राखेका छन् । उनीसँग नेपाली कलाकारहरु सुदीप बल्ला, खेम बहादुर पाल्पाली, किरण महर्जन, मनिषा साह सहभागी हुनेछन् ।
राष्ट्रिय सङ्ग्रहालयमा कलाकार, सरोकारवाला र मिडियासँग भित्तेचित्र : ‘विरोध कला’ र सामाजिक-सांस्कृतिक अभ्यास विषयमा अन्तरक्रिया हुनेछ । ततश्पचात सामूहिक रुपमा समावेशी, समानता, सद्भावलाई भित्ते चित्रको मार्फत प्रस्तुत गरिनेछ ।