काठमाडौं : देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ ।

अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ ।

तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

२०७९ मंसिर २५, आईतवार ०७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय