जनकपुरधाम, जेष्ठ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ईन्टरनेटको दुनियाँले आम नागरिकको जीवन परिवर्तनशील र रुपान्तरित गर्न मद्दत पुगेको बताएका छन् । ईन्टरनेट दुनियाँको प्रवेशले नागरिकका साकारात्मक संगसंगै नाकारात्मक सन्देश समेत प्रवाह हुने भएकोले कसरी फिल्टर गरेर नाकारात्मकलाई ईग्नोर र साकारात्मकलाई अपनाउने विषय गम्भीर र जटिल बन्दै गएको बताएका हुन् ।

‘बालबालिका राष्ट्रिय गौरव हुन्’ मुख्य नाराका साथ नेपाल टेलिमक, दुर सञ्चार प्राधिकरणले आयोजना गरेको प्रदेश स्तरीय कार्यशालामा सभामुख मण्डलले ईन्टरनेटबाट प्राप्त हुने साकारात्मक र नाकारात्मक बीचको द्वन्दमा आम नागरिकको उपयोगी हुने चिजलाई देशले नै पस्कने तथा रोक्ने काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘व्यवहारको संलेषण नै कानून हो । त्यसैले विधिको शासन लागू गर्न कानून नै महत्वपूर्ण भएकोले ईन्टरनेटमा भएको साकारात्मक पक्षलाई राष्ट्रले अँगाल्दै नाकारात्मकलाई पक्षलाई हामीले अभोईड गर्नुपर्छ ।’

‘ईन्टरनेटलाई समय किल गर्ने माध्यम बनाउनु हुदैन् । आवश्यक भएको महत्वपूर्ण जानकारी सम्प्रेशन गर्ने र बाँकी जसले समाज र संस्कृतिमा नाकारात्मक असर पर्छ । जसले बालबालिकाको भविष्यमा ग्रहण लगाउँछ, त्यसलाई ब्लक गरेर आम नागरिकको पहुँचबाट टाढा राख्नुपर्ने आवश्यकता छ ।,’ सभामुख मण्डलले भने, ‘हामी ईन्टरनेटको दुनियाँमा छौं, तर अहिले पनि अनावश्यक राज्यको खर्च बढाईरहेका छौं, हरेक गाउँ गाउँमा ईन्टरनेट पुगेको छ, त्यो ईन्टरनेटलाई फेसबुक, टिकटक र युटयुव हेर्न बाहेक उपयोग गर्न सकेका छौंनौं, अहिलेको समयमा ईन्टरनेटलाई प्रयोग गरेर कक्षा सञ्चालन गरेर एउटा पालिकामा एउटा वा दुई वटा शिक्षकले पढाउने वातावण बनाउनुप¥यो ।’

‘अनलाईन बाल सुरक्षा, चूनौती, आवश्यकता र आगामी कार्यदिशा’ कार्यशालामा सभामुख मण्डलले अहिलेको प्रविधि र युगमा ईन्टरनेट वल्र्ड ब्रेन भएकोले यसलाई सक्दो प्रयोगबाट राज्यको खर्च घटाउने र आम्दानी बढाउन लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘सेफ ईन्टरनेटमा व्यक्तिलाई हैन, राष्ट्रलाई आवश्यक भएको महत्वपूर्ण जानकारी सम्प्रेशनको जरुरी छ ।’ उनले शिक्षालाई किताबी ज्ञान भन्दा पनि ईन्टरनेटसंग जोडेर शिक्षा दिनुपर्ने र पाउनुपर्नेको व्यवस्था मिलाउन आवश्यक रहेको बताए । ईन्टरनेटलाई देशको आर्थिक, समाजिक, सांस्कृतिक तथा पूरातात्विक महत्वसंग जोड्नुपर्ने मण्डलको भनाई थियो ।

थन्कियो कानून

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशमा ५३ वटा कानून निर्माण भएपनि थन्किए सरह भएको बताए । उनले भने, ‘कानून बनेको छ, तर कार्यान्वयन नुहँदा सिंह न पुच्छर भएको छ ।’

उनले कानून निर्माण भएपनि कार्यान्वयन नहुँदा उपयोगितामा प्रश्न चिन्ह खडा भएको छ । मण्डलले भने, ‘प्रदेश कानूनलाई लागु गराउने भए मात्र सजिव बन्न सक्छ । अन्यथा कानून भए नभए पनि कुनै फरक पर्दैन् ।’ न्यायलयमा प्रदेश कानून छ की छैन, कार्यान्वयनमा छ, की छैन् भन्ने कुरा महत्वपूर्ण भएको मण्डलको भनाई थियो ।

२०८० जेष्ठ १२, शुक्रबार १९:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय