बर्दिबास : नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै नेकपा (एमाले)सम्बद्ध अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को प्रथम मधेश प्रदेश अधिवेशन महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । अधिवेशनले बाराकी महिला नेतृ अञ्जु नेपालीको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश समिति चयन गर्दै आज साँझ सम्पन्न भएको हो ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीमा भारती सिंह (धनुषा) र एकावती चौधरी (सर्लाही) उपाध्यक्ष, लक्ष्मी श्रेष्ठ (सिरहा) सचिब, मञ्जु साह (पर्सा)सहसचिब र सरिता बिष्ट (महोत्तरी ) कोषाध्यक्ष हुनुहुन्छ । यसबाहेक ६९ जना सदस्य पनि सर्वसम्मत चयन भएका नवनिर्वाचित सचिब श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आजै बिहान अनेमसङ्घका केन्द्रीय अध्यक्ष टुका हमालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिव्शनबाट निर्वाचित नयाँ नेतृत्वलाई एमालेका केन्द्रीय सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, सो दलका केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता सरा्ज यादव र दलका प्रदेश अध्यक्ष रामऔतार यादवसहितका नेताले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

अधिवेशन यसअघिको अनेमसङ्घका प्रदेश तदर्थ समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य वीणा साहको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०८० श्रावण ९, मंगलवार १९:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय